उत्तर कोरियाले रुसमा हतियार निर्यात गर्‍यो: अमेरिका

उत्तर कोरियाले रुसमा हतियार निर्यात गर्‍यो: अमेरिका

  • शनिबार, कार्तिक १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

न्युयोर्क, १९ कात्तिक । उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई “महत्वपूर्ण“ तोपगोला बारूद पठाउँदै गरेको संयुक्त राज्य अमेरिकाले दाबी गरेको छ ।ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए ।

उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाई आएको हो । अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन् ।

बुधबार उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ ऋंखलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका थिए । दुबै देशले प्रहार गरेका क्षेप्यास्त्र एक अर्काको तटस्थित पानीमा खसेका थिए । उत्तर कोरियाले एकै दिन कम्तीमा २३ वटा मिसाइल प्रहार गरेको थियो । प्योङयाङले प्रहार गरेको क्षेप्यास्त्रमध्ये एउटा दक्षिण कोरियाी सहर सोक्चोबाट ६० किलोमिटर भन्दा कम दूरीमा खसेको थियो, जसलाई दक्षिणका राष्ट्रपति युन सुक–योलले ‘क्षेत्रीय अतिक्रमण’ भनेका छन् ।

सन् १९४५ मा कोरियाली प्रायद्वीप विभाजित भएदेखि दक्षिणको पानीमा ब्यालेस्टिक मिसाइल खसेको यो पहिलो पटक हो ।

दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको जबाफमा ती क्षेप्यास्त्र प्रहार गरिएको प्योङयाङले जनाएको छ । सो अभ्यासलाई उत्तर कोरियाले ‘आक्रमक र उत्तेजित’ बताउँदै आएको छ । अभ्यासको अमेरिकाले पनि बचाउ गरेको छ । मंगलबार मात्र अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अभ्यास ‘विशुद्ध रक्षात्मक’ भएको बताएका थिए । प्योङयाङले संयुक्त सैन्य अभ्यास जारी राखे भने अमेरिका र दक्षिण कोरियाले  ‘इतिहासको सबैभन्दा भयानक मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ