यो सरकार घरको बाघ, बनको स्याल हो : ओली

यो सरकार घरको बाघ, बनको स्याल हो : ओली

  • शुक्रबार, कार्तिक १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

बैतडी, १८ कार्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार विदेशी सामू घुडा टेकेर बसेको आरोप लगाएका छन् । दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले तुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा सरकार एक शब्द बोल्न नसको उनले आरोप लगाए ।

‘विदेशीसँग गलत सम्झौता गर्छ । तर, प्रधानन्यायाधीषलाई नजरबन्दमा राख्ने । उहाँको छोरीलाई दिनभर थुनेर साझँ छोडीदिने जस्ता क्रियाकलाप निन्दनीय छन्,’ उनले भने । आफूहरू सरकारमा हुँदा सडक बालबालिकाको व्यवस्थापन गरेको उनको भनाइ छ ।

‘हामी सरकारबाट बाहिरिए लगत्तै फेरी समस्या बल्झीयो । जब कंगाल बुद्धिका मान्छे सरकारमा आउछन् तब देश विग्रन्छ । हामीले १ सयबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले चार हजार बनाएका छौं । त्यसलाई कहिले ६८ वर्ष, कहिले ६५ वर्ष, भन्दाभन्दै २५ मै पाउनुपर्छ भन्न बेर छैन,’ कांग्रेस नेतृत्वको सरकारलाई व्यंग गर्दै ओलीले भने ।

विकास गर्न टालाटुली बटुली कतिराम्री कठपुतली भएको सरकारले नहुने भन्दै उनले स्थायी सरकार चाहिने बताए । ‘त्यसैले अब मंसिर ४ पछि एमालेको स्थायी सरकार बनाउन, एमालेलाई सरकारमा पुग्नका लागि नभइ देश बनाउनका लागि भोट दिनु होला,’ उनले भने ।

एमालेका सचीव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मूल्य तोक्नेहरूको गठबन्धन नटिक्ने दाबी गरे । उनले भने, ‘अब गठबन्धनको प्रधानमन्त्री कोहो ? गोरखा बाट प्रचण्ड म हुँ भन्छन्, कांग्रेसका गगन थापा म हुँ भन्छन्, सेर बहादुर देउवा डडेल्धुराबाट मै हुँ भन्छन् र अन्य दलहरुको त कुरै छोडौं। त्यसैले एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाई देश विकास गर्ने योजना छ, सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ