‘कुमारी आमा’ निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो 

‘कुमारी आमा’ निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो 

  • शुक्रबार, कार्तिक १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, १८ कात्तिक ।

‘कुमारी आमा’ चिनिएकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको कोखबाट जन्मिएको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ ।

डीएनए परीक्षण र मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपमा सजायको माग गर्दै अनशन बसेकी निहारिकाकै मागअनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो ।

उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए परीक्षण गर्न गत ८ भदौमा आदेश दिएको थियो । डीएनए परीक्षणको रिपोर्ट उच्च अदालतमा पेस भएको छ ।

‘बच्चा र श्रेष्ठको डीएनए मिलेको रिपोर्ट शुक्रबार नै हामीलाई प्राप्त भएको छ,’ रजिष्ट्रार खड्गराज अधिकारीले भने, ‘म्याच गरेको रिपोर्टसहित अब यो मुद्दा फेरि इजलासमा पठाइनेछ ।’ उनका अनुसार कात्तिक २५ गते पेसी तोकिएको छ । त्यो दिन नै यो मामिला इजलासमा जान्छ । ‘तर, निर्वाचनमा धेरैजसो कर्मचारी खटिएकाले चुनावलगत्तै यो मुद्दामा सुनुवाइ हुनेछ ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आरोपित श्रेष्ठ र निहारिकाको छोराको डीएनए परीक्षण गर्दा ९९.९९९ प्रतिशत डीएनएन मिलेको रिपोर्ट दिएको बताइएको छ । उच्च अदालत जनकपुरले निहारिकाकै मागअनुसार उनको कोखबाट जन्मेको शिशु र आरोपित श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ