यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन हैन, कुनै दलले भाग नलिन पाउँछ तर बिथोल्न पाउदैंनः गृहमन्त्री खाँण

यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन हैन, कुनै दलले भाग नलिन पाउँछ तर बिथोल्न पाउदैंनः गृहमन्त्री खाँण

  • बुधबार, कार्तिक १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

कार्तिक १६, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिन नपाइने बताएका छन् । कुनै समूहलाई निर्वाचनमा भाग नलिने अधिकार भए पनि निर्वाचन बिथोल्ने अधिकार नरहेको बताएका हुन् ।

बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्रीले अहिलेको निर्वाचन कुनै दल वा नेतालाई जिताउने र हराउने मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको बताए ।

‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

गृहमन्त्री खाँणले निर्वाचन विरोधी समूहलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल थालिरहेको बताए ।

गृहमन्त्री खाँणले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिबद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह गरे ।

ढुक्कसँग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने बताएको छ । गृह मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरू सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ