खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको युक्रेनको दाबी

खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको युक्रेनको दाबी

  • बुधबार, कार्तिक १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

१६ कार्तिक, काठमाडौं । युक्रेनले खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी गरेको छ ।

पछिल्लो समय खर्सोन क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण भिडन्त जारी छ । भिडन्तकै क्रममा १ हजार रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको हो ।

युक्रेनका प्रहरी प्रमुख इहोर क्लायमेकले खर्सोनमा हजार भन्दा बढी रुसी सेना मारिएको र रुसी सेनाहरू हातहतियार छोडेर भागेको दाबी गर्नुभएको हो । युक्रेनका तर्फबाट रुसी सेना भागेको दृश्य सहितको भिडियो पनि सार्वजनिक गरिएको छ ।

रुसले भने गत एक साताको अवधिका २५ सय युक्रेनी सेना मारिएको दाबी गरेको छ ।

रुस र युक्रेनबीचका युद्ध सुरू भएयता ७० हजार बढी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरिरहँदा रुसको रक्षा मन्त्रालयले १७ देखि २३ अक्टोबरको बीचमा २५ सय युक्रेनी सेना मारिएको र हालसम्म ३० हजार युक्रेनी सेना मारिएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ