ओलीले देशलाई दुर्घटनामा लैजान खोजेपछि विद्रोह गर्नुपर्‍योः माधव नेपाल

ओलीले देशलाई दुर्घटनामा लैजान खोजेपछि विद्रोह गर्नुपर्‍योः माधव नेपाल

  • मङ्लबार, कार्तिक १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

कार्तिक १५, जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीको अराजक गतिविधिका काण नयाँ दल बनाउनु परेको बताएका छन् ।

मंगलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुइतिहाईको बहुमत जोगाउन नसक्दा समस्या उत्पन्न भएको बताए । उनले भने, ओलीले देशलाई दुर्घटनामा लैजान खोज्नुभयो अनि हामीले विद्रोह गर्नुपर्‍यो ।

यस्तै उनले पार्टीभित्र गुटबन्दी गरी अन्य नेताहरूलाई गुलाम बनाउन खोजेको पनि ओलीमाथि आरोप लगाए । ुपार्टीभित्र तीन रतीनवटा प्रधानमन्त्री थिए तर उनले उनीहरूको अनुभव, ज्ञान र सकारात्मक सोचको लाभ लिन सक्नु भएन । उल्टै खुराफात गरे,ु नेता नेपालले भने ।

यस क्रममा नेकपा एकीकृत समाजवादीका धनुषा २ का प्रतिनिधिसभा सदस्य रामचन्द्र झाले विचार निर्माण, कानुन निर्माण, विकास निर्माण लगायतका क्षेत्रमा आफूले गरेको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा रामबाबु यादव, वीरेन्द्र यादव, रेखा मण्डलसहित विभिन्न राजनीतिक दल परित्याग गरी सयौं जनाले एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ