एमालेको घोषणापत्रः निःशुल्क ५० युनिट बिजुलीदेखि १ सय खर्बको अर्थतन्त्रसम्म (पूर्णपाठ)

एमालेको घोषणापत्रः निःशुल्क ५० युनिट बिजुलीदेखि १ सय खर्बको अर्थतन्त्रसम्म (पूर्णपाठ)

  • मङ्लबार, कार्तिक १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २० ग्यारेन्टीसहितको नारा अघि सारिएको छ । जसमा निकै महत्वाकांक्षी योजना र नारा उल्लेख छ ।घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

एमालेले आफ्नो घोषणापत्रमा २० वटा विषयमा ‘ग्यारेन्टी’ गरेको छ । जसमा नेपालीलाई मात्र नागरिकता दिनेदेखि नेपालको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ । त्यस्तै दस हजार लिटर पानी नि:शुल्क बाँड्नेदेखि ५० युनिट बिजुली नि:शुल्क बाँड्ने कुरा पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यसअघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।कार्यक्रमको सहजीकरण बैंकर अनिलकेशरी शाहले गरेका थिए ।

https://www.mirmireonline.com/wp-content/uploads/2022/11/uml-ghosadapatra-2079-07-15.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ