इटावन भागदौडमा कोरियाली अभिनेताको निधन

इटावन भागदौडमा कोरियाली अभिनेताको निधन

  • मङ्लबार, कार्तिक १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

एजेन्सी, १५ कात्तिक। कोरियाली गायक तथा अभिनेता ली जिहान सप्ताहन्तमा दक्षिण कोरियाको सोलमा रहेको इटावन हेलोविन समारोहको दौरानमा भएको भागदौडमा ज्यान गुमाएका छन् ।

स्थानीय समाचार एजेन्सीले २९ अक्टोबरमा भएको उक्त भागदौडमा गायक तथा अभिनेता जिहानको २४ वर्षको उमेरमा मृत्यु भएको पुष्टि गरेका छन् ।

जिहानको परिवारले आफूहरु शोकमा रहेकाले गोपनियताको सम्मान गर्न आग्रह गरेको छ । ‘हामी अहिले शोकमा छौं । यस कारण हामी सतर्क छौं । भगवान जिहानलाई शान्ति दिउन ।’ परिवारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

जिहानले पहिलोपटक सन् २०१७ मा एमनेटको निर्माणका रहेको १०१ सिजन २ मा एक प्रतियोगीका रुपमा पाइला चालेका थिए । उनले विज्ञापनको ओभरडोजको कवरसँगै शोमा अडिसन दिएका थिए र पाँचौं भागपछि बाहिरिएका थिए ।

उनले सन् २०१९ मा वेब ड्रामा ‘टु वाज अदर नाम ह्यून डे’मा एक अभिनेताका रुपमा अभिनय सुरु गरेका थिए ।

शनिबार भएको भागदौडमा १ सय ५४ जनाको मृत्यु भएको थियो । यो घटना सोलको इटावनमा भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ