एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

  • मङ्लबार, कार्तिक १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

१५ कार्तिक, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।

मंगलबार दिउँसो साढे १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । एमालेले यस पटक पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनाएको थियो । साथै सामाजिक सञ्जाल र टेलिफोन गायतका सञ्चार माध्यमबाट सुझाव समेत संकलन गरिएको थियो ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने चुनावका लागि घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ