एकीकृत समाजवादीको घोषणापत्रमा ओलीको आलोचना, विदेश गएका युवालाई स्वदेश फर्काउने(पूर्णपाठ)

एकीकृत समाजवादीको घोषणापत्रमा ओलीको आलोचना, विदेश गएका युवालाई स्वदेश फर्काउने(पूर्णपाठ)

  • सोमवार, कार्तिक १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ, १४ कार्तिक । नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालयमा सार्वजनिक गरिएको घोषणापत्रमा निर्वाचन प्रणाली सुधारमा समेत जोड दिएको छ । घोषणापत्र सार्वजनिक गर्दै समाजवादीका महासचिव बेदुराम भुसालले अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन आवश्यक रहेको औंल्याए।

घोषणापत्रमा भनिएको छ,ुयो मूलतः धेरै पैंसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ । यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भइ विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ । हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । ’

नेकपा एकीकृत समाजवादीले प्राप्त उपलब्धीको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढ र विस्तार र निर्वाचन प्रणालीमा परिवर्तन जस्ता एजेण्डालाई प्राथमिकता दिएको छ । घोषणापत्रमा मल कारखाना स्थापना गरिने, विदेश गएका युवालाई स्वदेश फर्काउने अभियान संचालन गर्ने उल्लेख छ ।

यस्तै, समाजवादीले ‘एक पालिका–एक उद्योग ग्राम’को योजना अघि सारेको छ । घरघरमा बिजुली, जनजनमा सेयरमा निती लागू गर्ने विषय घोषणापत्रमा समेटिएको छ ।

घोषणापत्रमा भनिएको छ, ुवर्तमान नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका लागि व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिदैन । आर्थिक–सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्न प्रतिवद्ध छौं । ’

घोषणापत्रमा ओलीको दक्षिणपन्थी अवसरवादका कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाएको छ । यस्तै ओली सरकारले जनअपेक्षा र निर्वाचनको बेला जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम गरेको जनाएको छ ।

२०७४ मा हामी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबीच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा संघीय सरकार निर्माण गरिएको थियो, घोषणापत्रमा भनिएको छ त्यस सरकारले जनअपेक्षा र निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो । ओली र एमालेलाई सुधार्न नसकेपछि विद्रोह गरेको जनाएको छ ।

https://www.mirmireonline.com/wp-content/uploads/2022/10/Final-Ghosana-Patra_2079-07-12.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ