ब्राजिलमा पुनः वामपन्थी दलबाट लुला राष्ट्रपतिमा निर्वाचित

ब्राजिलमा पुनः वामपन्थी दलबाट लुला राष्ट्रपतिमा निर्वाचित

  • सोमवार, कार्तिक १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

एजेन्सी कार्तिक १४ । ब्राजिलमा कडा प्रतिस्पर्धाका बाबजुद बामपन्थी दलबाट लुला दा सिल्दा राष्ट्रपतिमा चुनिएका छन् । दक्षिणपन्थी दलबाट निर्वाचित भएर सत्ता चलाएका बोल्सेनारो यस पटक चुनावमा पराजीत भएका हुन् ।

लुलाले ५०.९० प्रतिशत मत प्राप्त गरेर बिजयी भएका हुन् । बोल्सेनारोमाथि एमाजोन जंगल विनाश गरेको, कोभिड नियन्त्रणमा गलत नीति लिएको भन्दै आलोचना हुँदै आएको थियो ।

लुला यस अघि सन् २००३ देखि २०१० सम्म पनि राष्ट्रपति बनेका थिए । यो जनमतले दक्षिण अमेरीकामा पुनः वामपन्थीहरुको पुनरागमन भएको देखिएको छ ।
यस अघि कोलम्विया, होन्डुरस र चिलीमा पनि वामपन्थी नेतृत्व चुनिएका थिए ।

लुला अमेरीकाले रुचाएको राष्ट्रपति भने होईनन् अघिल्लो कार्यकालमा । यस पटक अमेरीकासँगको सम्बन्ध कस्तो रहन्छ त्यो भने निश्चित छैन ।
लुलाले समाजवादी प्रकारका कार्यक्रमहरु लागू गर्दै गरीबी घटाएका थिए भने स्थीर विकासको मोडल अघि बढाएका थिए । तर पछि २०१८ देखि २०२२ सम्म दक्षिणपन्थी राष्ट्रपति बोल्सेनारो आएपछि गरीबी बढेको छ भने विभिन्न सामाजिक कार्यक्रमहरु हटेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ