गृहमन्त्री खाणको ६७ बुँदे संकल्पपत्र सार्वजनिक, जनमुक्तिले समर्थन गर्ने घोषणा

गृहमन्त्री खाणको ६७ बुँदे संकल्पपत्र सार्वजनिक, जनमुक्तिले समर्थन गर्ने घोषणा

  • आइतवार, कार्तिक १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

भैरहवा, १३ कात्तिक । गृहमन्त्रीसमेत रहेका रुपन्देही– ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाणले संकल्पपत्र सार्वजनिक गरेका छन् । उम्मेदवार खाणले जनतासामु आफ्नो ६७ बुँदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेदवार रहेका उनले स्थानीय तहले गरिरहेको र भइसकेका कामहरु, निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर संकल्प पत्र बनाएका छन् । मुख्यतया भैरहवालाई नै केन्द्रित गरी बनाइएको संकल्पपत्रमा विकास निर्माण र भौतिक पूर्वाधारहरुलाई जोड दिइएको छ ।

पहिलो बुँदामा नै भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औधोगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने भनिएको छ । त्यस्तै सिद्धार्थनगरमा चक्रपथ, बुटवल सुनौली हाइवेमा मेट्रोको सम्भाव्यता अध्ययन गर्ने, राजमार्ग स्तरोन्नति र सडम पूर्वाधारमा जोड, कारागार स्थानान्तरण, अटोभिलेज व्यवस्थापन, कृषि, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, खेलकुद लगायतका विषय संकल्पपत्रमा छन् ।

सिद्धार्थनगरभन्दा बाहिर रहेका विषयलाई पनि सिद्धार्थनगर नगरपालिका भित्र रहेको विशेष आर्थिक सेजमा विद्युतीय सबस्टेशन निर्माण तथा व्यवस्थित संचालनका लागि नितिगत निर्णय गर्ने, पोखरा सम्मको सिद्धार्थ राजमार्गलाई स्तारोन्नती गर्ने, मर्चवारदेखि मुस्ताङ सडक निर्माणलाई विशेष रुपमा प्रारम्भ गर्न पहल गर्ने, भारतले निर्माण गर्ने एकिकृत भन्सार प्रणाली तत्काल निर्माण प्रारम्भ गर्ने लगायतका बुद्धाहरु संकल्प पत्रमा निर्वाचित भएपछि पूरा गर्ने उल्लेख छ ।

संकल्पपत्र सार्वजनिक कार्यक्रममा गठबन्धनलाई राष्ट्रिय जनमुक्ति पार्टीले पनि सहयोग गर्ने गरि समर्थन गरेको छ । गृहमन्त्रीको प्रतिस्पर्धीको रुपमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीको उम्मेदवार मोजिब अलीले खाणलाई समर्थन गर्दै तालमेल गरेको बताए ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ