कार्तिक १३ रुपन्देही । गठबन्धनको साझा उम्मेद्धार बनेका एमालेका पूर्व नेता घनश्याम भुषालले केपी ओलीमा राणाहरुको जस्तो दम्भ रहेको टिप्पणी गरेका छन् ।
रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यलयको उद्घाटन गर्दै भुषालले ओलीको त्यही दम्भले एमालेका निष्ठावान नेताको भविष्य समाप्त पारेको, उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्दै गर्दा पटक पटक संसद भंग गरेर कुठाराघात गरेको बताए ।
उनले संसद पटक पटक भंग गर्ने एमाले नेता कार्यकर्ताले जनताको घर आगनमा कुन मुखले भोट माग्न जाने भन्दै जनतालाई पनि संसद भंग गर्नेलाई भोट दिने कि रक्षा गर्नेलाई भन्दै प्रश्न गर्न आग्रह गरे ।
एमाले छाडेर रुपन्देही १ मा स्वतन्त्र उम्मेद्धारी दिएका भुषालको चुनाव चिन्ह त्रिभुव रहेको छ ।
प्रचण्डको साथ र समर्थन लगत्तै गठबन्धनको साझा उम्मेद्धार बनेका भुषालले जनताले आफूलाई बिजयी गराउने बताएका छन् ।