गोरखा १३ कार्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा प्रचण्ड जस्तो गतिशील, चलायमान र प्रगतिशील नेता अरु नभएको दावी गरेका छन् ।
गोरखामा प्रचण्डसँगै चुनावी कार्यक्रममा व्यस्त रहेका भट्टराईले आज मतदाताहरुसँग कुरा गर्दै प्रचण्ड अब देशको भावी प्रधानमन्त्री रहेकाले गोरखाको विकासले नयाँ फड्को मार्ने पनि बताए ।
मंसीर ४ पछि भावी प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्री दुबै गोरखाबाट हुने पनि दावी बाबुरामको छ । उनले काँग्रेसका सुरेन्द्र पाण्डे गोरखाबाटै प्रदेश सांसद उठेका छन् । उनलाई भावी मुख्यमन्त्रीको रुपमा दावी गरे ।
प्रचण्डले पनि आफूलाई गोरखा आँउदा छुट्टै आनन्दको अनूभूति भएको बताए ।
प्रचण्डलाई बाबुराम भट्टर्रासँगको सहकार्य पछि चितवन ४ छाडेर गोरखामा चुनाव उठ्न आग्रह गरिएसँगै उनी त्याहाँ पुगेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline