एजेन्सी कार्तिक १३ । क्रिमियाको सभोस्तोपोल बन्दरगाहमा रहेका रुसी जहाजहरुमाथि युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसले राष्ट्रसंघको पहलमा भएको अन्न निर्यात गर्ने सम्झौता रुसले खारेज गरेको छ ।
युक्रेनमा सैन्य आक्रमणपछि विश्वभर मंहगी बढेपछि सँयुक्त राष्ट्रसंघ र टर्कीको पहलमा अन्न निर्यात गर्न रुस र युक्रेनबीच सम्झौता भएको थियो ।
जुन सहमति अनुसार एशिया र अफ्रिका सहित संसारै भरी रुस र युक्रेनका अन्न पुगेका थिए ।
तर फेरी अन्न निर्यात रोकिदा अब महंगी बढ्न सक्ने अनुमान गर्न थालिएको छ ।
रुसले सिभिल जहाजहरुमा समेत हमला गरेको, यो हमलामा बेलायतको समेत संलग्नता रहेको भन्दै अन्तराष्ट्रिय आतंकवादी हमलाको संज्ञा दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline