एजेन्सी कार्तिक १२ । गत सेप्टेम्बर २६ मा काला सागरमा रुसबाट जर्मनी जोड्ने ग्यासको पाईपलाईनमा भएको आतंकवादी हमलामा बेलायी जल सेना संलग्न रहेको रुसले दावी गरेको छ ।
रुसले बेलायतको रोयल नेवी फोर्सका अधिकारीहरु यो आतंकवादी आक्रमणको योजना बनाउने र कार्यन्वयन गर्ने कार्यमा संलग्न रहेको बताएको छ ।
यसबारे बेयालतले कुने प्रतिकृया दिएको छैन । तर युक्रेन युद्धमा हतियार र ठूलो धनराशी खर्च गरिरहेको बेलायतसँग तनाव बढिरहेका बेला रुसले यो गभीर आरोप लगाएको हो ।
डेनमार्क र स्वीडेनले रुसको सहभागीतामा सो पाईपलाईनमा भएको विष्फोटको छानविन गर्न सहजिकरण गरेको छैन ।
यो पाईपलाईनमा विष्फोट पछि यूरोपमा ग्याँस आपुर्ति रोकिएको छ ।
यसैबीच, आजै क्रिमियामा भएको युक्रेनको ड्रोन आक्रमणमा पनि बेलायत संलग्न रहेको रुसले आरोप लगाएको छ ।
रुसी रक्षा मन्त्रालयले यो आक्रमणको योजना निर्माण र सहयोग बेलायतले गरेको बताएको छ । १६ वटा ड्रोनले एकसाथ हमला गर्दा रुसी जहाजमा सामान्य क्षति भएको बताईएको छ ।