एजेन्सी कार्तिक ११ । अमेरीकी अर्बपति एलन मस्कले फेरी सहमति गरेर ४४ अर्ब डलरमा ट्वीटर किनेका छन् । यो स्वामित्व मस्कले लिएपछि भारतीय मुलका सिईओ परास अग्रवाल सहितको कर्मचारीको टिम भने बाहिरिएको छ । मस्कले बिहिबार नै ट्वीटरको कार्यलयमा पुगेर काम शुरु गरेका छन् ।
शुरुमा मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए । तर, त्यसपछि सम्झौताबाट पछि हटेका थिए । उनी पछि हटेपछि ट्वीटर अदालत पुगेको थियो । अदालतमा मुद्धा चलिरहेका बेला ट्वीटर खरीद भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline