कार्तिक ९ एजेन्सी । युक्रेन युद्ध लम्विरहेको र अमेरीका र यूरोपसँगको तनाव बृद्धि भईरहेका बेला रुसले रणनीतिक परमाणु सैन्य अभ्यास गरेको छ । रुसको सबै भन्दा घातक मिसाईल, एयर डिफेन्स सिस्टम र बम्बर र सबमरिन यो महाअभ्यासमा सामेल गरिएको थियो ।
यो अभ्यासको रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले प्रत्यक्ष अवलोकन गरेका थिए ।
जमिनबाट प्रहार गर्न सकिने यार्स अन्तरमहादेशीय क्षेप्यास्त्र, विश्वकै सबै भन्दा अत्याधुनिक बम्बर टियु ९५ र सबमरिनहरु रणनीतिक परमाणु शक्ति अभ्यासमा सामेल भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।
यो अभ्यासमा क्षेप्यास्त्रहरुले सबै लक्षित निशानाहरुलाई नष्ट गरेको रुसी रक्षा मन्त्री सरगेई सुगोउले उल्लेख गरेका छन् ।
रुसले यो परमाणु हमला भएमा कसरी जवाफ दिने भनेर गरेको अभ्यासको बारेमा यस अघि अमेरीकालाई जानकारी दिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline