रुस बिरुद्ध लड्न अमेरीकाले युक्रेनलाई दियो अत्याधुनिक निशाम एयर डिफेन्स सिस्टम

रुस बिरुद्ध लड्न अमेरीकाले युक्रेनलाई दियो अत्याधुनिक निशाम एयर डिफेन्स सिस्टम

  • बुधबार, कार्तिक ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी कार्तिक ९ । रुस विरुद्ध लड्न यस अघि हाईमार्स , जेवलिन, स्टींगर जस्ता क्षेप्यास्त्र र एयर डिफेन्स सिस्टम दिएको अमेरीकाले अहिले सबै भन्दा अत्याधुनिक एयर डिफेन्स सिस्टम नासम दिएको छ । नासम आज राजधानी किभमा तैनाथ भएको समाचारमा उल्लेख छ । तत्कालका लागि दुई वटा नासम सिस्टम तैनाथ भएको छ । यसले रुसी सेनाबाट प्रहार हुने मिसाईल र ड्रोनलाई नष्ट गर्नेछ ।

यसै गरी जर्मनी, बेलायत लगायतका देशले पनि देशको सबै भन्दा घातक हतियार र एयर डिफेन्स सिस्टम उपलव्ध गराएका छन् ।

अमेरीका र यूरोपको हतियार र पैसाकै बलमा युक्रेनले रुस बिरुद्ध काउन्टर आक्रमण गर्दै आएको छ ।

उता रुसले पनि हतियार कारखानाहरुबाट अत्याधुनिक हतियारको उत्पादन बढाएको छ । यसले रुस युक्रेन युद्ध भावी दिनमा अझ जटिल बन्दै जान सक्ने चिन्ता बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ