एजेन्सी कार्तिक ८ । युक्रेनसँग युद्ध शुरु भएको ८ महिना वित्दै गर्दा रुसले पुनः भारी मात्रामा हतियार उत्पादन शुरु गरेको छ । यो युद्धमा अमेरीका, युरोपका दर्जनौँ देशहरुको हतियार बिरुद्ध संघर्ष गरीरहेको रुससँग अब क्षेप्यास्त्र, टैंक जस्ता सैन्य उपकरणको कमी रहेको चर्चा भईरहेका बेला शस्त्रागरको उत्पादनमा वृद्धि भको तासले समाचारमा उल्लेख गरेको छ ।
अहिले अमेरीकी सेना समेत रुस वरिपरिका बाल्टिक देशहरुमा तैनाथ हुँदै जाँदा तेस्रो विश्व युद्धको आशंका बढीरहेको छ ।
युक्रेनले आणविक रिएक्टर प्रयोग गरेर आफ्नै जनता बिरुद्ध डर्टी बम विष्फोट गराउने र रुसले परमाणु हतियार प्रयोग गरेको भनी रुसलाई अन्तराष्ट्रिय शक्तिबाट आईसोलेट गर्न षड्यन्त्र गरीरहेको भन्दै रुसले सँयुक्त राष्ट्रसंघ र बेलायत अमेरीकालाई सूचित गरेको छ ।
यो बेला आँउदो चिसो याम सम्ममा रुस युक्रेन युद्ध अझ कठोर र निर्णायक बन्न सक्ने अनुमान गरिएका बेला रुसले क्षेप्यास्त्र, रकेट, आधुनिक टैंक , राईफल आदि सैन्य उपकरण उत्पादनमा कैयौँ गुणा वृद्धि गरेको पूर्व राष्ट्रपति दिमीत्री मेदभेदेवले उल्लेख गरेका छन् ।
उनले रुसी सेनालाई युद्धमा कुनै पनि हतियार र उपकरणको अभाव नरहेको र नहुने बताएका छन् ।