जुन देशले भारतमाथि तीन सय वर्ष उपनिवेश लागू गर्यो, त्यही बेलायतको प्रधानमन्त्री बने भारत पञ्जावबाट गएका रिषी सुनक

जुन देशले भारतमाथि तीन सय वर्ष उपनिवेश लागू गर्यो, त्यही बेलायतको प्रधानमन्त्री बने भारत पञ्जावबाट गएका रिषी सुनक

  • सोमवार, कार्तिक ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

एजेन्सी कार्तिक ७ । ईतिहासले जहिले पनि नयाँ घटनाक्रमको विकासलाई बोकिरहेको हुन्छ । आज भन्दा ७५ वर्ष अघि मात्रै भारत बेलायती शासनबाट मुक्त भएको थियो । भारत स्वतन्त्र हुँदै गर्दा तात्कालिन बेलायती प्रधानमन्त्री विन्सटन चर्चिलले भनेका थिए, भारतीय नेता भुसको पुत्ला जस्ता छन् ।

चर्चिलको त्यो अपमानको बदला लिँदै भारतको पञ्जावमा जन्मिएर अफ्रिका हुँदै बेलायत पुगेर त्याहाँको नागरिकता लिएका सुनक आफ्नो पूर्व शासकहरुमाथि नै शासन गर्ने अवस्थामा पुगेका छन् ।

उनले २८ अक्टोबर महिनामै शपथ लिनेछन् ।

१९४१ को जनगणना अनुसार भारतमा १ लाख ४४ हजार बेलायती नागरिक बस्थे । आज बेलायतमा १६ लाख बढी भारतीय पुगेका छन् । रिसी बेलायतको कन्जरभेटिभ पार्टीबाट सांसद चुनिएका थिए ।

बोरीस जोनसोनले राजीनामा दिएपछि लिज ट्रससँगै प्रतिस्पर्धा गरेका उनी प्रधानमन्त्री हुन सकेका थिएनन् । तर ट्रसले ४६ दिनमै राजीनामा दिएपछि र जोनसोन पनि मैदानमा नआएपछि २ सय बढी सांसदको समर्थनमा उनी प्रधानमन्त्री बनेका हुन् ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ