सोमालियाको एक होटलमा आत्मघाती बम हमला

सोमालियाको एक होटलमा आत्मघाती बम हमला

  • सोमवार, कार्तिक ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा भएको क्षतिको विववरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले आत्मघाती बम हमला गरेका बताइएको छ । दक्षिणी सोमालियाली सहर किस्माओ प्रहरी उपप्रमुख मोहम्मद नासीले यहाँको उक्त प्रसिद्ध होटललाई लक्ष्य गरेर आत्मघाती हमला भएको जानकारी दिएका छन् ।

उनले भनेका छन्– यहाँको तावाकाल होटललाई लक्ष्य गरेर आत्मघातीहरुले बम आक्रमण गरेका छन् । रातिको समय पारेर होटलमा भएको सो आक्रमणको क्षतिको अनुसन्धान भइरहेको छ । रातिको समयमा आएका आत्मघाती बम हमलाकारीहरुले एक सवारी साधानमा ल्याएको विस्फोटक पदार्थ विस्फोट गराएका थिए । सो विस्फोटक पदार्थ विस्फोट भएपछि होटलमा त्रास फैलिएको र प्रहरीले शान्त रहन आग्रह गरेको थियो । आत्मघातीहरुले बम विस्फोट गराएपछि प्रहरी र उनीहरुका बीचमा होटलभित्रै भिडन्त पनि भएको बताइएको छ । यहाँ सो आक्रमणबाट केकति हताहत भएका छन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले होटललाई घेरा हालेर अनुसन्धान गरिरहेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ