कार्तिक ६ धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने दावी गरेका छन् ।
धनगढीमा आज आयोजित सत्ता गठबन्धनको कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा प्रचण्डले देशै भरी गठबन्धनको जित सुनिश्चित गर्न लागि पर्न अपील गरे ।
संविधान, गणतन्त्र र व्यवस्था नै धरापमा परेको अवस्थामा गठबन्धन बनेको भन्दै अझै पनि प्रतिगमनको खतरा रहेकाले गठबन्धनको जीत आवस्यक रहेको उनको भनाई छ ।
मंसीर ४ को चुनाव एउटा सामान्य चुनाव मात्र नभई अग्रगमनबीचको लँडाई भएको प्रचण्डको भनाई छ ।
प्रचण्डले संविधान च्यात्नेहरुको गठबन्धन अर्कातिर भएकाले सचेत हुन पनि आग्रह गरे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline