कार्तिक ६ धनगढी । प्रधानमन्त्री शेर बहादुर देउवाले देश गंभीर अवस्थामा रहेको भन्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनलाई निर्वाचन जिताउन अपील गरेका छन् ।
आज धनगढीमा गठबन्धनका कार्यकर्ताहरुको सँयुक्त भेला प्रशिक्षणलाई संवोधन गर्दै देउवाले लोकतन्त्र र संविधानको रक्षाकै लागि गठबन्धन बनेकाले सुदुरपश्चिमका सबै नेता कार्यकर्ताहरु एकतावद्ध भएर निर्वाचन जित्ने गरी लाग्न निर्देशन दिए ।
उनले गठबन्धनका सबै साझा उम्मेद्धारहरुलाई बिजयी गराउन लागि पर्न अपील गरेका छन् ।
अहिलेको गठबन्धन बिरुद्ध देशी विदेशी शक्ति लागि परेको देउवाको आरोप छ । उनले भोलीका दिनमा पनि गठबन्धनको सरकार कायम रहने भएकाले निश्चिन्त भएर चुनावमा खटिन आग्रह समेत गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline