विराटनगर कार्तिक ५ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनका असन्तुष्ट कार्यकर्ताहरुलाई लक्षित गर्दै चुनावमा बहुमत आए अवसरै अवसर प्राप्त हुने तर नआए अहिले भएको पनि सबै थोक जाने भएकाले सक्रिय हुन अपील गरेका छन् ।
आज विराटनगरमा आयोजित गठबन्धनको प्रशिक्षण भेलालाई संवोधन गर्दै प्रचण्डले अहिले असन्तुष्ट साथीहरु चुनावपछि बहुमत आए सबै सन्तुष्ट हुने बताए ।
उनले शान्ति सम्झौता पछि नै गिरीजा प्रसाद कोईरालाले हँसिया हथौडा र आफूले रुखमा भोट दिएको भन्दै गठबन्धनको पक्षमा उभिएर मतदान गर्न र जित्ने वातावरण बनाउन आग्रह गरे ।
शान्ति र संविधान विरोधी शक्ति अझै पनि सक्रिय रहेको भन्दै मंसीर ४ को चुनाव संग्रामकै रुपमा हुने उनको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline