चीनीया राष्ट्रपति सि जिन पिङ तेस्रो कार्यकालका लागि निर्वाचित भएसँगै सकियो कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन

चीनीया राष्ट्रपति सि जिन पिङ तेस्रो कार्यकालका लागि निर्वाचित भएसँगै सकियो कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन

  • शनिबार, कार्तिक ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

कार्तिक ५ काठमाडौँ । चीनीया कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आज सम्पन्न महाधिवेशनले राष्ट्रपति एवं पार्टी महासचिव सि जिन पिङलाई तेस्रो कार्यकालका लागि नेतृत्वमा चयन गरेको छ ।

महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दा शक्तिशाली पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई बिदा दिएको छ ।

वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री हुन् । ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् ।

केन्द्रीय कमिटीले पोलिटब्युरो र स्ट्यान्डिङ कमिटीको गठन गर्ने छ ।
एक साता चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ । चिनियाँ विशेषता अनुसारको चिनियाँ समाजवादसम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ