अरुले २० वर्षमा गर्न नसकेको काम मैले तीन बर्षमै गरेर देखाँए, चुनाव पछि फेरी एमालेको सरकार बन्छ : ओली

अरुले २० वर्षमा गर्न नसकेको काम मैले तीन बर्षमै गरेर देखाँए, चुनाव पछि फेरी एमालेको सरकार बन्छ : ओली

  • शुक्रबार, कार्तिक ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

कार्तिक ४ काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अरुले २० वर्षमा गर्न नसकेको काम आफूले तीन वर्षमा गरेको र आफ्नो सरकार अदालतले हटाएको भन्दै अब मंसीर पछि फेरी आफ्नो सरकार बन्ने दावी गरेका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले मंसीर ४ को चुनावलाई जनताको महाअदालतको संज्ञा दिँदै त्यसले एमालेको सरकार बनाउने फैसला गर्ने बताए ।

आफ्नो सरकार बनेपछि जनकपुरको रेल भन्दा छिटो गतिमा विकासको काम अघि बढ्ने ओलीले दावी गरे ।

अहिलेको सरकारले कुनै काम गर्न नसक्ने र यो सरकार काम गर्नको लागि नभई अर्कै उदेश्यका लागि जन्मिएको पनि दावी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ