रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

  • बुधबार, कार्तिक २, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार “मैले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु,” पुटिनले टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भन्नुभयो ।

सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ ।

मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो ।

७० वर्षीय रुसी नेताले भन्नुभयो, “कीभ सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको छ, वार्ताका लागि कुनै पनि प्रस्ताव अस्वीकार गरेको छ, गोली चलिरहेको छ, नागरिकको मृत्यु भइरहेको छ ।”

उहाँले युक्रेनले ‘आतङ्कवादी तरिका’ प्रयोग गरेको आरोप लगाउनुभयो । रूसी नेता पुटिनले भन्नुभयो “उनीहरूले हाम्रो भूमिमा विध्वंसकारी समूहहरू पठाउने गरेका छन् । मस्कोले क्रिमिया पुललाई लक्षित गरी भएको पहिलो घटनाबाहेकका अन्य आक्रमणहरूलाई विफल पारेको छ ।”

रूसी कानुनअनुसार सैनिक कानुनले सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिकको नजरबन्दको अनुमति दिन्छ । रूसी राष्ट्रपति पुटिनले भन्नुभयो, “हामी सुरक्षा सुनिश्चित गर्न र रूसको भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू समाधान गर्न काम गरिरहेका छौं ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ