यो चुनावमा माओवादी कमजोर भयो भने प्राप्त उपलव्धिहरु उल्टिन सक्छ : प्रचण्ड (भिडयो सहित )

यो चुनावमा माओवादी कमजोर भयो भने प्राप्त उपलव्धिहरु उल्टिन सक्छ : प्रचण्ड (भिडयो सहित )

  • बुधबार, कार्तिक २, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

कार्तिक २ ललितुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा माओवादी कमजोर भए अहिले सम्मको प्राप्त उपलव्धि उल्टिने खतरा रहेकाले यो चुनावलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।

आज प्रेस सेन्टर ललितपुरले आयोजना गरेको कार्यक्रममा प्रचण्डले मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको बताए ।

‘हाम्रा लागि मंसिर ४ को निर्वाचन सामान्य चुनाव मात्र होइन। जीवन मरणको संघर्षका रूपमा चुनाव छ। उपलब्धि रक्षा गर्ने र उपलब्धि उल्टाउन खोज्ने बीचको लडाइँका रूपमा निर्वाचनलाई लिनुपर्छ,’ प्रचण्डले भने ।

आफ्नो ठाँउबाट अधिकतम जनमत निर्माण गर्न उनले पार्टी पक्तिंलाई निर्देशन पनि दिए ।
उनले केही शक्तिहरू माओवादी एजेन्डा, आन्दोलन र नेतृत्वबारे घेराबन्दीमा लागेको पनि बताएका थिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ