रुसी सेनाले मङ्गलबार युक्रेनको पूर्वी खार्किभ क्षेत्रको ठूलो हिस्सा फिर्ता लिएको बताएको छ । उक्त क्षेत्र मस्कोको सेनालाई व्यापक जवाफी कारबाहीमा पछाडि धकेलिएको क्षेत्र हो । अहिले रुसले त्यस क्षेत्रमा पुनः कब्जा जमाएको बताइएको छ।
ूरुसी सेनाका एकाइहरूले कारबाहीका क्रममा खार्किभ क्षेत्रको गोरोबिभका गाउँ कब्जा गरेको रक्षा मन्त्रालयले दाबी गरेको छ।
रुसी सेनाले फेरी युक्रेनी सेनालाई खेदेर खारकिव नियन्त्रणमा लिने रणनीति अनुसार हवाई र स्थलगत आक्रमण तीव्र पारेको छ ।
रुसले अक्टोबर १० देखि युक्रेनको महत्वपूर्ण पुर्वाधार उर्जा क्षेत्र र सैन्य कमाण्ड सेन्टर र हतियार डिपोहरुमा भीषण हमला जारी राखेको छ । राजधानी किभ सहित संँयौँ शहरहरुमा अहिले रुसी आक्रमणका कारण बिजुली र खानेपानीको संकट बढेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline