कार्तिक १ काठाण्डौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले मध्यराति २ बजे सुतिरहेकी राष्ट्रपतिलाई उठाएर लहडमा संसद भंग गरेको भन्दै गठबन्धनको पक्षमा मत हाल्न अपील गरेका छन् ।
आज ललितपुरमा आयोजित गठबन्धनका कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै देउवाले ओलीले लहडमा पटक पटक जनताले चुनेको संसद भंग गरेको भन्दै मध्रातिको ठाँउमा बिहान ६/ ७ बजे भंग गरेको भए पनि के हुन्थ्यो ? भन्दै प्रश्न गरेका छन् ।
उनले संविधान र विधिको शासन विपरीत ओली चलेकाले गठबन्धन बनेको भन्दै अब गठबन्धनकै पक्षमा मत दिन आग्रह गरे ।
उनले निर्वाचनपछि पनि गठबन्धन सरकार कायम रहने पनि दावी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline