रुपन्देही २ का राजु गुरुङको उम्मेद्धारी कायम : निर्वाचन आयोगद्धारा स्पष्ट

रुपन्देही २ का राजु गुरुङको उम्मेद्धारी कायम : निर्वाचन आयोगद्धारा स्पष्ट

  • सोमवार, अशोज ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

असोज ३१ बुटवल । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी यथास्थितिमा राखेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले गुरुङको उम्मेदवारी दर्ता भएको अवस्थामा मात्र कायम रहने गरी यथास्थितिमा राखेको जनाएको छ । उम्मेदवारी खारेजीबारे निर्वाचन कार्यालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन आदेश दिएकाले उनको उम्मेदवारी यथास्थितिमा राखेको जनाएको छ ।

‘असोज २५ गते यस कार्यालयबाट गरिएको निर्णय कायाएन्वयन नगर्नु नगराउनु भन्ने अदालतको अल्पकालीन आदेश आएकाले राजु गुरुङको उमेदवारी खारेज गर्ने यस कार्यालयको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखिएको छ,’ निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत उदवीर नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका गुरुङ चेक बाउन्स प्रकरणमा कालोसूचीमा नाम रहेको भन्दै उम्मेदवारी बदर गरेको थियो।

सर्वोच्चले यस विषयमा छलफल गर्न दुबै पक्षलाई कात्तिक २ गते बोलाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ