रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमण

रुसी ‘कामिकाजे ड्रोन’ द्वारा किभमा आक्रमण

  • सोमवार, अशोज ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

रुसले सोमबार बिहान किभमा ‘ कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ । किभमा सोमबार बिहान ६ः३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र त्यसपछि देशका अधिकांश भागमा साइरन बजेको बताइएको छ ।

‘राजधानीमा कामिकाजे ड्रोनद्वारा हमला गरिएको छ,’ राष्ट्रपतिका चीफ अफ स्टाफ एन्ड्री यर्माकले सामाजिक सञ्जालमा भन्नु भएको छ । ‘हामीलाई थप वायु रक्षा प्रणाली र सकेसम्म चाँडो चाहिन्छ । आकाशको रक्षा गर्न र शत्रुलाई नष्ट गर्न थप हतियारहरु चाहिएको’ उहाँले बताउनु भएको छ ।

रसियाले युक्रेनको राजधानी र देशका विभिन्न सहरहरुमा क्षेप्यास्त्र आक्रमणको ठूलो लहर जारी गरेको एक हप्तापछि आक्रमणहरू भएका जनाइएको छ । किभका मेयर भिटाली क्लिट्स्कोले ड्रोन आक्रमणले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लाका धेरै भवनमा आगो लागेको र त्यहाँका बासिन्दाहरूलाई शरण लिन चेतावनी दिएको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ