एजेन्सी असोज ३० । रुसी रक्षा मन्त्रालयले युक्रेनको विभिन्न स्थानमा रहेका पाँच वटा हतियार भण्डारण ध्वस्त पारेको दावी गरेको छ ।
पछिल्लो २४ घण्टामा खेरसन, डोनेस्क र जपोरेजिया क्षेत्रमा रहेको हतियार भण्डार, कमाण्ड पोष्ट नष्ट पार्नुका साथै थुप्रै युक्रेनी सेनाको मृत्यु भएको पनि मन्त्रालयको दावी छ ।
खेरसनमा काउन्टर आक्रमणमा उत्रिएको युक्रेनी सेनामा ठूलो क्षति भएको दावी रुसको छ ।
११ वटा ड्रोन, अमेरीकी हाईमार्स क्षेप्यास्त्र खसाल्नुका साथै १४ वटा टैंक सहित अन्य सैन्य बाहनहरु नष्ट पारी युक्रेनी शसस्त्र फौजलाई पछि हट्न बाध्य पारिएको रुसी सैन्य अधिकारीको दावी छ ।
यसैबीच, क्रेमलिनका प्रवक्ताले अमेरीका र नेटोले जति नै हतियार र सैन्य मद्धत गरेपनि युक्रेनमा रुसको अभियान जारी रहने र आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने दावी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline