असोज ३० काठमाण्डौँ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले काठमाण्डौँ २ बाट उम्मेद्धार बनेकी ओनसरी घर्ती मगरको प्रशंसा गरेका छन् ।
आज आयोजित गठबन्धनको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री देउवाले ओनसरी सफल सभामुख भन्दै पार्टी भन्दा माथि राष्ट्र हेरेर निर्णय गर्ने खालको व्यक्तित्व भएको प्रतिकृया दिए ।
उनले सबैले मिलेर घर्तीलाई चुनाव जिताउन पनि अपील गरे ।
देउवाले चुनावका लागि मात्रै हैन संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको भन्दै सबैले यसलाई ध्यान दिएर परिचालित हुन निर्देशन पनि दिए ।
सोही कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनका सबै नेता कार्यकर्ताले काठमाण्डौँ २ मा घर्तीलाई चुनाव जिताउने आशा व्यक्त गरे ।
एमाले अध्यक्ष केपी ओली पहिल्यै पार्टी नेतृत्वमा भएको भए एमाले नै गणतन्त्रको पक्षमा आउने थिएन भन्ने दावी गर्दै प्रचण्डले माधव नेपाल नेतृत्वमा भएका कारण नै गणतन्त्र र शान्ति प्रकृया सहज भएको बताए ।
अब गठबन्धनका सबै दलले एक अर्कालाई स्वीकार गरीसकेकाले निसंकोच मतदान गर्न प्रचण्डको अपील छ ।