असोज ३० एजेन्सी । चीनीया कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । एक साता सम्म चल्ने यो महाधिवेशनले ऐतिहासिक रुपमा राष्ट्रपति सि जिन पिगंलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने बाटो तय गर्नेछ ।
यस अघि चीनीया कम्युनिष्ट पार्टीका कुनै पनि नेता दुई कार्यकाल भन्दा बढी राष्ट्रपति बन्न पाउने व्यवस्था थिएन । चीनीया जनकाँग्रेसले त्यो संविधान संसोधन गर्दै असीमीत कार्यकालका लागि बाटो खुलेसँगै सी तेस्रो पटक राष्ट्रपति बन्न लागेका हुन् ।
साथै प्रधानमन्त्री लि खछ्यागं सहित केही मन्त्रीहरु भने रिटायर हुनेछन् ।
यस महाधिबेशनमा देशभरबाट २२ सय ९६ जनप्रतिनिधि सहभागी हुने चीनीया कम्युनिष्ट पार्टीले जनाएको छ ।
यस महाधिवेशन पछि स्थीर, समृद्ध र बलियो समाजवादी राष्ट्रको रुपमा चीनलाई विकसित गराउने, सन् २०३५ सम्ममा चीनलाई प्रतिव्यक्ति आय २० हजार डलर भएको उच्च आय भएको मुलुकमा बृद्धि गर्ने जस्ता रणनीतिक योजनाहरुलाई अनुमोदन गर्नेछ ।