ओलीले लत्याएपछि प्रचण्डको साथ पाएका घनश्याम भुषालको भरोसा माओवादी कार्यकर्तामाथि

ओलीले लत्याएपछि प्रचण्डको साथ पाएका घनश्याम भुषालको भरोसा माओवादी कार्यकर्तामाथि

  • शनिबार, अशोज २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

असोज २९ रुपन्देही । पार्टी भित्रै बसेर बैचारिक संघर्ष गरेका कारण एमाले अध्यक्ष केपी ओलीले लत्याउदै टिकट नदिएपछि रुपन्देही १ बाट स्वतन्त्र उम्मेद्धार बनेका घनश्याम भुषालले प्रचण्डको पूर्ण साथ पाएका छन् ।

भुषाललाई प्रचण्डकै पहलमा पार्टीको उम्मेद्धार नै फिर्ता लिएर सिंगै गठबन्धनको समर्थन रहेको घोषणा भईसकेको छ । एमालेबाट बाहिरिएको घोषणा गरेर उम्मेद्धारी दिएका तिनै नेता भुषालले शनिबार एक चुनावी कार्यक्रममा बोल्दै माओवादी कार्यकर्तामाथि उच्च भरोसाको संकेत दिएका छन् ।

उनले मंसीर ४ मा आफ्ना लागि खसेको मतको बाकसको भारी माओवादी फौजले बोक्ने र यो फौज छुटिसकेको र भारी बाकस लिएर मात्रै फर्किने बताए ।

सारा नेकपा माओवादी केन्द्रको फौज अब जाग्यो भनेर कसम खाएर अगाडि बढ्न अनुरोध गर्छु।’ भुषालले भने ।

साथै भुषालले ओलीले दुई पटक विघटन गरेको संसद प्रचण्ड र देउवाले पुनस्थापना गरेको पनि उल्लेख गरे ।

भुषालको पक्षमा माओवादी सहित गठबन्धनका कार्यकर्ता पनि सक्रिय भएर परिचालित हुन थालेका छन् । उनी त्रिभुज चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ