जसपाले मधेश सरकारबाट माओवादी र समाजवादीलाई छाडेर काँग्रेसका मन्त्री मात्रै किन बर्खास्त गर्यो ?

जसपाले मधेश सरकारबाट माओवादी र समाजवादीलाई छाडेर काँग्रेसका मन्त्री मात्रै किन बर्खास्त गर्यो ?

  • शनिबार, अशोज २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

असोज २९ काठमाण्डौँ । सरकारमै बसेर सिट संख्यामा चित्त नबुझेपछि एमालेसँग गठबन्धन गरेको जसपाका पाँच मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गरे । त्यसको रिस जसपा अध्यक्ष उपेन्द्र यादवले जनकपुरमा पोखे ।

मधेश सरकारका मुख्यमन्त्री जसपपाका छन् । जसपाले प्रधानमन्त्रीसँग रिस साँध्न काँग्रेसका तीन मन्त्री प्रदेश सरकारबाट हटायो । तर त्यही गठबन्धनका माओवादी, एकीकत समाजवादीका मन्त्रीलाई भने बर्खास्त गरेन । ती पार्टीका मन्त्रीहरुले राजीनामा समेत दिएका छैनन् ।

अहिले राष्ट्रिय पार्टी बन्ने प्रयासमा रहे पनि सफल हुन नसकेका उपेन्द्र यादवले सरकारमै बस्ने अनि प्रतिपक्षीसँग तालमेल गरेका आधारमा गठबन्धनको सुझाव अनुसार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरु बर्खास्त गरेका थिए ।

भावी दिनमा कुनै एकल पार्टीको बहुमत आउने र सरकार बन्ने संभावना नरहेका कारण माओवादी र एकीकृत समाजवादीसँगको सम्बन्ध सुमधुर राख्ने प्रयासकै लागि मधेश प्रदेशबाट ती पार्टीका मन्त्री बर्खास्त नगरिएको जसपाका एक नेताले बताए ।

चुनाव पछि सरकारमा फेरी जान सजिलो वातावरण बनाउन यादवले यस्तो रणनीति बनाएको अनुमान लगाउन थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ