टीकापुर हत्याकाण्डका दोषीका रुपमा जेलमा रहेका रेशम चौधरीको उम्मेद्धारी खारेज

टीकापुर हत्याकाण्डका दोषीका रुपमा जेलमा रहेका रेशम चौधरीको उम्मेद्धारी खारेज

  • बुधबार, अशोज २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।

उनको उम्मेदवारीविरुद्ध नेकपा माओवादी केन्द्रका सुरेश पन्थले उजुरी दिएपछि छानबिन थालिएको थियो।

निर्वाचन अधिकृतको कार्यालय बर्दियका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीको उम्मेदवारी खारेज भएको बताए ।

लम्सालका अनुसार चौधरी २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको पत्र काठमाडौंस्थित डिल्लीबजार कारागारले पठाएको थियो।

त्यसैगरी उच्च अदालत डोटीले पनि रेशम दोषी ठहर भएको पत्र पठाएको थियो। त्यहीकारण रेशम प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवारका लागि अयोग्य भएको उनले बताए।

यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरीको पनि उम्मेद्धारी खारेज भएको थियो । उनी पनि सोही हत्याकाण्डमा जन्मकैद सजाय पाएर फरार छन् ।
टीकापुर हत्याकाण्डका मुख्य पात्रका रुपमा दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका थिए।

चौधरी २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट लोकप्रिय मतसहित निर्वाचित भएका थिए। उनले सांसदका रुपमा सपथ लिन पाए पनि संसदमा प्रवेश गर्न पाएनन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी