क्रिमियासँग जोड्ने रुसी पुलमाथि भएको बम विष्फोट पछि रुसले युक्रेनमा सोमबार देखि शुरु गरेको भीषण हमला आज पनि जारी राखेको छ ।
आज पनि युक्रेनका दर्जनौँ शहरमा रुसी हवाई सेनाले थुप्रै क्षेप्यास्त्र प्रहार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार सैन्य कमाण्ड पोष्ट, उर्जा क्षेत्रको पुर्वाधार र सञ्चार क्षेत्रलाई लक्षित गरी हमला गरिएको छ । जसबाट युक्रेनमा उर्जा संकट बढेको छ भने सैन्य क्षेत्रमा पनि ठुलो नोक्सानी भएको छ ।
गत फेब्रुअरीमा युक्रेनमा बिशेष सैन्य अभियानको घोषणा भए यता कै युक्रेनमा रुसले गरेको सबै भन्दा ठूलो कार्बाही हो ।
यस कार्बाहीप्रति अमेरीका सहित नेटो देशहरुले आलोचना गरेका छन् । सोमबार र मंगलबार गरिएको हमलामा १९ जनाको मृत्यु भएको छ भने ६० भन्दा धेरै घाईते भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline