टीकापुर घटनामा जन्मकैदको सजाय पाएर फरार रहेका लक्ष्मण थारुको उम्मेद्धारी खारेज

टीकापुर घटनामा जन्मकैदको सजाय पाएर फरार रहेका लक्ष्मण थारुको उम्मेद्धारी खारेज

  • मङ्लबार, अशोज २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ असोज २५ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी खारेज गरेको छ ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले २०७२ को टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका थारुको उम्मेदवारी खारेज गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले संघीय कानुनबमोजिम लक्ष्मण थारु प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न अयोग्य रहेको जनाएको छ । कर्तव्य ज्यान मुद्दामा उच्च अदालत दिपायलले थारुलाई जन्मकैदको सजाय सुनाएको थियो ।

निर्वाचन कार्यालयले ज्यान मार्ने उद्योगतर्फ उनलाई सुनाइएको ५ वर्षको कैद सजाय पनि भुक्तानी नगरेको र भुक्तान भएको अवस्थामा समेत प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३(छ) को व्यवस्थाबमोजिम सो सजाय भुक्तान भएको ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने भएकाले थारुको उम्मेदवारी खारेज गरिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ