असोज २५ काठमाण्डौँ । एमालेले घनश्याम भुषाल, गंगा चौधरी, प्रभु शाह सहितका नेताहरुलाई साधारण सदस्य समेत नरहने गरी कार्बाहीको तयारी गरेको छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएपछि उनीहरूलाई विना स्पष्टीकरररण पार्टी अभिलेखबाटै नाम हटाएर सिधै कार्बाहीको तयारी भएको हो ।
एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसरी स्वतन्त्र उम्मेदवारी दिने स्थायी कमिटी सदस्यमा नेता घनश्याम भुसाल र प्रभु साह रहेका छन् ।
केन्द्रीय सदस्यहरूमा कुन्दन कुशवाह , गंगा चौधरी सत्गौवा, तथा बदमी क्वारा बुढा रहेका छन् ।
भुषालले यस अघि नै एमाले परित्यागको घोषणा गरीसकेका छन् । प्रभु शाहले पार्टीले दिएको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेद्धारी दिएका छन् । भने अन्यले पनि पार्टी निर्णय अस्वीकार गर्दै स्वतन्त्र उम्मेद्धारी दिएपछि एमालेले सिधै कार्बाही गर्न लागेको हो ।