युक्रेनको राजधानीमा रुसले प्रहार गर्यो ७५ वटा मिसाईल

युक्रेनको राजधानीमा रुसले प्रहार गर्यो ७५ वटा मिसाईल

  • सोमवार, अशोज २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

किभ, २४ असोज । युक्रेनको राजधानी सहर किभमा शृंखलाबद्ध विस्फोट भएका छन् । लामो समयको अन्तरपछि किभमा विस्फोटका घटना सार्वजनिक भएका हुन् । मध्य किभमा दुई वटा शक्तिशाली विस्फोट भएका छन् । अन्य स्थानमा पनि विस्फोट भएका छन् । आक्रमणमा ८ जनाको मृत्यु भएको र २४ जना घाईते भएको युक्रेनी सेनाले जनाएको छ । किभमा मात्रै रुसले ७५ वटा मिसाईल हानेको र त्यस मध्य ४१ वटा एयर डिफेन्स सिस्टमबाट निष्क्रिय पारिएको सेनाले बताएको छ ।
किभमा यक्रेनी सुरक्षा एजेन्सीको कार्यलय रहेको लोकेसनमा रुसले हमला गरेको हो ।
यो एजेन्सीले नै क्रिमिया पुलमा विष्फोट गराएको रुसले आरोप लगाउदै आएको छ ।

यसै गरी पोल्याण्डको सीमाना नजिकको शहर एलभोभ सहित अन्य शहरमा पनि रुसले आक्रमण गरेको छ ।

रुसले विलय गराएको क्रिमिया जोड्ने पुलमा विस्फोट भएको दुई दिनपछि ती विस्फोट भएका हुन् । क्रिमिया जोड्ने पुलमा युक्रेनी सेनाले विस्फोट गराएको रुसले दाबी गर्दै आएको छ । उक्त पुल दक्षिणी युक्रेनमा रुसी सेनाका लागि आवश्यक सामग्री पठाउने मुख्य मार्ग रहेको थियो ।

यसैबीच, क्रिमिया पुलमा भएको विस्फोटबारे छलफल गर्न रुसी सुरक्षा परिषद्को बैठक वस्दै छ । बैठकको अध्यक्षता रुसी राष्ट्रपति भ्लादमिर पुटिनले गर्दै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ