बझाङमा गठबन्धनका साझा उम्मेदवार जोशीको मनोनयन

बझाङमा गठबन्धनका साझा उम्मेदवार जोशीको मनोनयन

  • आइतवार, अशोज २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौं, २३ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बझाङमा बाम­लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले आइतबार उम्मेदवारी दर्ता गराउनु भएको हो ।

जोशी बझाङका पुराना र लोकप्रिय कम्युनिष्ट नेता मानिनु हुन्छ । पूर्व वनमन्त्रीसमेत भइसकेका जोशी २०५१ र २०६४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचत हुनु भएको थियो । आसन्न निर्बाचनका लागि वाम­लोकतान्त्रिक गठबन्धनबीच तालमेल हुँदा बझाङ नेकपा एसको भागमा परेपछि पार्टी स्थायी कमिटी सदस्य जोशी उम्मेदवार बन्नु भएको हो ।

दुईपटक सांसद तथा एकपटक मन्त्री भएर जोशीले बझाङको विकासमा उल्लेखनीय योगदान दिनु भएको छ । सरल स्वभाव र स्वच्छ छविको परिचय जोशी आम बझाङी जनताबीच लोकप्रिय नेता मानिनु हुन्छ ।

यसैगरी, यही गठबन्धनका तर्फबाट प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र क मा नेपाली कांग्रेसका पृथ्बीबहादुर सिंह र ख मा नेकपा माओवादी केन्द्रका भीम भण्डारीले मनोनयन दर्ता गराएका छन् । वाम­लोकतान्त्रिक गठबन्धनको यो कसिलो तालमेलले आफ्ना उम्मेदवारको जित सुनिनिश्चत भएको नेपाली कांग्रेस बझाङका प्रभावशाली नेता अर्जुनजङ्ग बहादुर सिंहको दाबी छ ।

यस्तो छ बझाङको अंक गणित

प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा वैशाख ३० गतेको स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा वामलोकतान्त्रिक गठबन्धन प्रतिस्पर्धी एमाले भन्दा करिब १० हजार मतले अगाडि छ ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २० हजार, माओवादी केन्द्रले ९ हजार र नेकपा एकीकृत समाजवादीले करिब ८ हजार गरी गठबन्धनले ३७ हजार मत ल्याएको थियो । एमालेका उम्मेदवारले २८ हजार मत ल्याउँदा एमालेसँग अहिले गठबन्धन गरेको राप्रपाले १ सय २८ मत ल्याएको थियो । यो अंक गणितको हिसाबले पनि यहाँ वाम­लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जित हात पार्न सजिलो देखिन्छ ।

गठबन्धनमा एकमत

केही समय अघिसम्म नेकपा (एकीकृत समाजवादी)लाई बाहिर राखेर माओवादीसँग मात्रै तालमेल गर्ने विज्ञप्ती निकालेको यहाँको नेपाली कांग्रेसले अन्तिम समयमा भागवण्डा मिलाउन आफ्नो दाबि छोडेर नेकपा (एकीकृत समाजवादी)लाई समर्थन गरेको छ । बझाङमा नेपाली कांग्रेसबाट अर्जुनजङ्ग बहादुर सिंह, पृथ्वीबहादुर सिंह र नरेशबहादुर सिंहले दाबी गरेको थिए । पृथ्वीबहादुर सिंहले वाम­लोकतान्त्रिक गठबन्धनतर्फबाट प्रदेशसभामा उम्मेदवारी दिएका छन भने अर्जुनजङ्ग बहादुर सिंह र नरेशबहादुर सिंहलगायतका कांग्रेसका प्रभावशाली नेताहरुले एक ढिक्का भएर वाम­लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरिसकेका छन् ।

बझाङमा नेकपा एमालेको तर्फबाट विद्यार्थी नेता ऐन महर चुवावी मैदानमा उत्रिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ