अधिकारकर्मी चन्दद्वारा प्रतिनिधी सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र ३ बाट उम्मेदवारी

अधिकारकर्मी चन्दद्वारा प्रतिनिधी सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र ३ बाट उम्मेदवारी

  • आइतवार, अशोज २३, २०७९
  • डम्मर दत्त भट्ट

  • 5.5K
    SHARES

कञ्चनपुर, २३ असोज।
कञ्चनपुरकी महिला अधिकारकर्मी,समाजसेवी शारदा चन्दले पनि उम्मेदवारी दर्ता गराएकी छिन । अधिकारकर्मी चन्दले कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन । उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छिन ।

काँग्रेस नेतृ समेत रहेकी अधिकारर्मी चन्दले चुनाव लड्नकै लागि पार्टीबाट समेत राजिनामा दिएकी थिईन । उनले राजनीतिक दलमा आबद्ध हुँदा जनपक्षीय काम गर्न नसकिने भन्दै स्वतन्त्रपुर्वक जितेर जनपक्षीय काम गर्ने प्रतिबद्धता जोहर गरेकी छिन ।

झण्डै अढाईदशकदेखि समाजिक सेवामा रहेकी चन्दले राजनीतिक माध्यमबाट देश र समाजसेवा गर्ने चाहना अनुरुप उम्मेदवारी दर्ता गराएको बताईन । ‘मैले बिशुद्ध रुपमा समाजको सेवा गर्छु, ‘उनले भनिन, ‘त्यसका लागि दलमा होईन, नागरिकबाट अनुमोदित हुनुपर्छ ।’ महिलाको साथसर्मथनमा चन्दले बजारमा ¥याली सहित उम्मेदवारी दर्ता गराएका छिन । अधिकारकर्मी चन्दले निर्मला हत्याकाण्डदेखि भ्रष्टाचार रहित समाजको परिकल्पना सहितका एजेण्डा अघि सारेकी छिन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ