काठमाडौं, २३ असोज । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्रकाशमान सिंहले उमेदवारी दर्ता गराएका छन्। आज आफै उपस्थितभएर उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि सिंहले २०७४ को निर्वाचनमा विवेकशील साझा पार्टीका संयोजक मिश्रलाई ८१९ मतान्तरले पराजित गरेका थिए।
मंसिर ४ को निर्वाचनमा समेत सिंहले राप्रपाका तर्फबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका उनै मिश्रसँग प्रतिस्पर्धा गर्दैछन्। मिश्रका अलावा सिंहले एमालेका उमेदवार किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको समेत सामना गर्नुपर्ने छ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सिंहले संविधालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन्।

‘संविधानलाई केन्द्रविन्दुमा राखेर काम गर्नेछौं। त्यसका लागि हाम्रो जित आवश्यक छ। संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन बनाउने लगायतको काम गर्नेछौं,’ सिंहले भने।
सिंहसँग प्रतिस्पर्धा गर्न राप्रपाको तर्फबाट रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पुकार बमले पनि उम्मेदवारी दर्ता गराएका छन्।