कञ्चनपुरमा वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी चुनावी मैदानमा, क्षेत्र ३ (क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी

कञ्चनपुरमा वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी चुनावी मैदानमा, क्षेत्र ३ (क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी

  • आइतवार, अशोज २३, २०७९
  • डम्मर दत्त भट्ट

  • 2.9K
    SHARES

कञ्चनपुर, २३ असोज । मंसिरमा ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुरमा उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी समेत चुनावी मैदानमा उत्रिएका छन ।
कञ्चनपुर वाणिज्य संघका अध्यक्ष जोशीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।
गत असारमा सम्पन्न भएको वाणिज्य संघको निर्वाचनमा अध्यक्ष जोशी निर्वाचित भएका थिए । संघको चुनाव लडेको तेस्रो महिनामै प्रदेशको चुनावमा होमिएका छन । संघका अध्यक्ष जोशीसंगै सदस्य गोपाल बुढापालले समेत ३ (क)बाट उम्मेदवारी दिएका छन । संघका अध्यक्ष जोशी र सदस्य पाल नै चुनावी मैदानमा देखिएका हुन ।
काँग्रेस निकट रहेका उद्योगी व्यवसायी जोशीले निजी क्षेत्रको समेत प्रतिनिधीत्वका लागि साथिभाईबाट हौसला प्रदान भएपछि उम्मेदवार बन्न खोजेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत तारा प्रशाद शर्माले हालसम्म क्षेत्र ३संघबाट दिपक सिह, शारदा चन्द, क्षेत्र ३ (क)बाट दिवान सिह आग्री, गोपाल बुढापालले उम्मेदवारी दर्ता गराएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ