डा. बाबुराम भट्टराईको प्रस्तावमा प्रचण्डले गरे उम्मेदवारी दर्ता 

डा. बाबुराम भट्टराईको प्रस्तावमा प्रचण्डले गरे उम्मेदवारी दर्ता 

  • आइतवार, अशोज २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

गोरखा, २३ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको प्रस्ताव र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा उम्मेदवारी दर्ता गराए।
बाबुराम भट्टराईले प्रत्यक्षतर्फ उम्मेदवारी चुनाव नलड्ने घोषणा गरेपछि प्रचण्डलाई सो क्षेत्रबाट उठाउने माओवादीले निर्णय गरेको थियो।

प्रचण्ड चितवन क्षेत्र नं ३ बाट एकल सिफारिसमा परेका थिए। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका प्रचण्ड यसपटक पनि चितवन ३ बाटै उम्मेदवार बन्ने चर्चा थियो।

यो निर्वाचन क्षेत्रमा प्रचण्डसँग नेकपा एमालेबाट अब्दुस मियाँ भिड्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ