कमल थापालाई समर्थन गरको विरोधमा एमाले कार्यकर्ताद्धारा पार्टी कार्यालयमा तालाबन्दी

कमल थापालाई समर्थन गरको विरोधमा एमाले कार्यकर्ताद्धारा पार्टी कार्यालयमा तालाबन्दी

  • आइतवार, अशोज २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

हेटौंडा, २३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरको विरोधमा नेकपा एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताहरुले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

प्रतिनिधिसभा मकवानपुर १ मा एमालेले थापालाई समर्थन गरको विरोधमा उनीहरुले आज बिहान तालाबन्दी गरेका हुन्।
एमालेले यस अघि उक्त क्षेत्रमा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर पार्टी अध्यक्ष केपी ओलीले शनिबार उक्त निर्णय परिवर्तन गरेर राप्रपा नेपालका अध्यक्ष थापालाई सूर्य चिन्हमा चुनाव लड्ने गरी टिकट दिएका हुन्।

कार्यकर्ताहरुले थापालाई उम्मेदवार बनाउने पार्टी केन्द्रको निर्णयविरुद्ध जिल्ला नेतृत्व मौन रहेको भन्दै विरोध गरेका हुन्। मकवानपुर १ मा तीन पटक थापालाई हराएका एमाले नेता कृष्ण दाहालले अनुकुल परिस्थिलाई प्रतिकुल बनाउने निर्णय गलत भएको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ