राप्रपा अध्यक्ष लिङ्देनले गरे उमेदवारी दर्ता

राप्रपा अध्यक्ष लिङ्देनले गरे उमेदवारी दर्ता

  • आइतवार, अशोज २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, २३ असोज। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गरेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।एमालेको समर्थनमा आइतबार बिहान झापाको निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रस्तावक माधव पोखरेल, समर्थक एमालेका लक्ष्मण पाठक बसेका छन्। सत्ता गठबन्धनबाट कृष्ण सिटौलाले उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित भएका थिए।

झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारवटामा एमाले र एकमा राप्रपा र एमालेबीच तालमेल भएको छ ।

प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ। एमालेका निर्वाचन क्षेत्र १ मा बसन्त बानियाँ र २ मा छविलाल चुडाँलले उम्मेदवारी दर्ता गएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ। निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ